सिन्धुलीमा हस्पिट्यालिटि तालिमले बिद्यार्थीलाई होटल म्यानेजमेन्ट पढ्न आकर्षित गर्दै

Home » News » सिन्धुलीमा हस्पिट्यालिटि तालिमले बिद्यार्थीलाई होटल म्यानेजमेन्ट पढ्न आकर्षित गर्दै
सिन्धुलीमा हस्पिट्यालिटि तालिमले बिद्यार्थीलाई होटल म्यानेजमेन्ट पढ्न आकर्षित गर्दै

सिन्धुलीमा हस्पिट्यालिटि तालिमले बिद्यार्थीलाई होटल म्यानेजमेन्ट पढ्न आकर्षित गर्दै

0

सिन्धुली– बर्दिबासकी मधु गधाइली हस्पिट्यालिटि तालिमले होटल म्यानेजमेन्ट सम्बन्धी धेरै कुरा सिक्ने मौका पाएको भन्दै खुसि व्यक्त गर्नुहुन्छ । सिन्धुली कलेज अप होटल म्यानेजमेन्टले आयोजना गरेको एक हप्ताको हस्पिट्यालिटि तालिमले होटल म्यानेजमेन्टका धेरै कुरा सिक्ने मौका मिलेको भन्दै उहाँले खुसि व्यक्त गर्नुभएको हो । तालिम पश्चात गधाइली आफ्नो बहिनिको अबको गन्तब्य होटल म्यानेजमेन्ट नै रोजेको बताउनुहुन्छ ।

“मेरो बहिनिलाई होटल म्यानेजमेन्ट पढाउने योजना अनुसार बुझ्नका लागि एक हप्ता म यो तालिममा सहभागि भएको हुँ । सबै राम्रो लाग्यो, रोजगारीको ग्यारेन्टी पनि रहेछ । ठुला होटल तथा क्याफे खुल्ने क्रम बढेको छ । त्यसैले पनि रोजगारी नपाइएला भन्ने चिन्ता हुदैन ।” उहाँले भन्नुभयो । पढाइ सकिएपछि छिटै र सजिलै तरिकाले रोजगार पाउने भन्दै उहाँले आफ्नो बहिनिलाई होटल म्यानेजमेन्ट नै पढाउने बताउनुभयो । बर्दिबासकै प्रशान्त खड्का हस्पिट्यालिटिको तालिमले आफ्नो सोचमै परिर्वतन ल्याएको बताउनुभयो । “होटल म्यानेजमेन्ट पढ्ने भन्ने मैले सोचेको पनि थिइन, यो एक हप्ताको तालिमले मेरो सोच नै परिर्वतन गराएको छ ।

अब प्लटु सकिएपछि होटल म्यानेजमेन्ट पढ्ने योजना बनाइसके ,” उहाँले भन्नुभयो । एक हप्ताको हस्पिट्यालिटि तालिम बहिरा विद्यार्थीले पनि लिएका थिए । निशुल्क रुपमा संचालन भएको एक हप्ताको तालिममा पेन के, मम, ग्रिल्ड चिकेन बनाउने तरिका, व्यक्तित्व विकास, हस्पिट्यालिटि म्यानेजमेन्ट, हाउस किपिङ्ग लगाएत आधारभूत हस्पिट्यालिटिको बारेमा जानकारी गराइएको आयोजकले जनाएको छ । एक महिनामा सिन्धुली कलेज अप होटल म्यानेजमेन्टले पाँच सय भन्दा बढीलाई सो तालिम दिसकेको बताएको छ । सिन्धुली कलेज अप होटल म्यानेजमेन्ट÷सिन्धुली एकेडमि अप होटल म्यानेजमेन्ट कमलामाई नगरपालिका ६ रातमाटामा रहेको छ ।

Sources:- Sindhuli Saugat

Leave a Reply

Your email address will not be published.