सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टको लागि नयाँ युगको सुरुवात

सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टको लागि नयाँ युगको सुरुवात

सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टको लागि नयाँ युगको सुरुवात भएको घोषणा गर्न पाउँदा हामी रोमाञ्चित छौं। हाम्रा सम्मानित सञ्चालक समितिका सदस्यहरु, श्री समीर ढकाल र श्री शौरभ लोहनी को अथक प्रयासबाट, हामीले जापानको ओकिनावास्थित समकक्षी संस्थासँग सफलतापूर्वक साझेदारी गरेका छौं । यो महत्वपूर्ण सम्झौताले हाम्रा विद्यार्थीहरूका लागि रोमाञ्चक अवसरहरू खोल्नेछ, सांस्कृतिक आदानप्रदानलाई सहज बनाउनेछ, साथै जापानमा काम र अध्ययनको लागि मार्गहरू प्रदान गर्नेछ भन्नेमा हाम्रो कलेज विश्वस्त छ। यस उपलब्धिलाई हासिल गर्न मदत गर्ने हाम्रो कलेजका सम्पूर्ण सदस्य साथीहरू र यस कार्यक्रमलाई सफल बनाउन हामीलाई मद्दत गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौं।

सिन्धुलीमा हस्पिट्यालिटि तालिमले बिद्यार्थीलाई होटल म्यानेजमेन्ट पढ्न आकर्षित गर्दै

सिन्धुलीमा हस्पिट्यालिटि तालिमले बिद्यार्थीलाई होटल म्यानेजमेन्ट पढ्न आकर्षित गर्दै

सिन्धुली– बर्दिबासकी मधु गधाइली हस्पिट्यालिटि तालिमले होटल म्यानेजमेन्ट सम्बन्धी धेरै कुरा सिक्ने मौका पाएको भन्दै खुसि व्यक्त गर्नुहुन्छ । सिन्धुली कलेज अप होटल म्यानेजमेन्टले आयोजना गरेको एक हप्ताको हस्पिट्यालिटि तालिमले होटल म्यानेजमेन्टका धेरै कुरा सिक्ने मौका मिलेको भन्दै उहाँले खुसि व्यक्त गर्नुभएको हो ।